सशस्त्र प्रहरी परिचर तथा प्रहरी कार्यालय सहयोगीका हकमा पनि १६ वर्ष पेन्सन अवधि राखिएको छ । सशस्त्र प्रहरी वा प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मलाई भने २० वर्ष नै तोकिएको छ ।
सशस्त्र प्रहरी वा प्रहरी सहायक निरीक्षकदेखि बरिष्ठ नायव निरीक्षकलाई भने १८ वर्षमा पेन्सन दिने प्रस्ताव गरिएको छ । मुल नियमावलीको नियम १३१ मा संशोधन गर्दै निवृत्तिभरण पाउने अवधि परिमार्जन गर्न लागिएको हो ।
भत्ता पनि २० बाट ५० प्रतिशत बनाइँदै
नेपाल प्रहरी वा सशस्त्र प्रहरीको भत्ता पनि बढाउन लागिएको छ । प्रहरी नियमावलीमा संशोधन गर्दै सेवा सुविधाहरु बढाउन लागिएको हो ।
संशोधित नियमावलीअनुसार अशक्त भत्ताको भन्ने शब्दहरुको पछि रहेका २० प्रतिशत भन्ने शब्दको सट्टा ५० प्रतिशत भन्ने शब्दहरु राखिएका छन् ।
साथै जनपद वा सशस्त्र प्रहरीमा एक श्रेणी वा तह माथिको पदमा बढुवा पाउने प्रहरी कर्मचारीले तल्लो पदबाट अवकाश लिँदा पाउने सुविधा भन्दा कम नहुने पनि संशाधित नियमावलीमा उल्लेख छ ।