प्रहरीविरुद्ध उजुरी हाल्ने इन्स्पेक्टर कुर्मी बर्खास्त


खबरस्टोरी संवाददाता
९ असार २०७९, बिहीबार
प्रहरीविरुद्ध उजुरी हाल्ने इन्स्पेक्टर कुर्मी बर्खास्त
काठमाडौँ । प्रहरी निरीक्षक राजु कुर्मीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ। उनलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस  गरेको थियो।

प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारी विरुद्ध बेनामे उजुरी हाल्ने कुर्मीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो।उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासमा रहँदा आर्थिक अनियमितता गरेको र संगठन विरुद्ध गतिविधि गरेको आरोप थियो।