Media Network

प्रधानमन्त्री देउवाको ग्रीन सिग्नल पाएका सीआइबीका डिआइजी धीरजप्रताप


खबरस्टोरी संवाददाता

८ माघ २०७८,शनिबार

काठमाडौं । नेपाल प्रहरीका डिआइजी धीरजप्रताप सिंह यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय पात्र बनेका छन् । हाल डिआइजी सिंह प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका प्रमुख हुन् ।सीआइबीमा सिहंको इन्ट्रीसँगै निरज शाही निर्देशक हुँदा अनुसन्धानमा परेको ललिता निवास जग्गा प्रकरणको फाइल खोलिनु अस्वभाविक मानिएको छ । सत्ता पक्षलाई सो प्रकरणले राजनीतिक लाभ मिलेको बताइन्छ ।

प्रधानमन्त्री देउवाको पहलमा नै पश्चिम क्षेत्रका सिह सीआइबीमा पुगेका हुन् ।अघिल्लो पाली प्रधानमन्त्री हुँदा देउवाले नेपाल प्रहरीमा एआईजीको संख्या १६ पु¥याएका थिए। ओलीले तीमध्ये १२ दरबन्दी कटौती गरेका थिए। तर, आफूनिकटलाई अघि बढाउनुपर्ने भएपछि ओलीले फेरि दरबन्दी थप गरेका थिए।

हाल प्रहरीमा एआइजीको पद खाली छैन ,प्रहरीमा प्राविधिकबाहेकको ५ एआइजीमा हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुल थापा छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दरबन्दी सृजना गरी पोखरेल एआइजी भए त्यसपछि थापा एआइजीमा बढुवा भए ।स्रोतका अनुसार अब तीनजनाको दरबन्दी सृजना गरी धिरजप्रताप सिंहलाई पहिलो नम्बरमा राखेर बढुवाको तयारी गरिएको छ ।

। सिंहलाई भावी आइजीपीमा बलियो प्रतिष्पर्धीका रुपमा उभ्याइँदैछ । यसैगरी, माओवादीले रवीन्द्र धानुकलाई एआइजी बनाउन लबिङ गरिरहेको यतिबेला राजनितीक वृतमा चर्चा छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद