Media Network

प्रधानसेनापति शर्मा विदेश भ्रमणमा : लेबनान, सिरिया र अमेरिका पुग्दै


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौ । प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । 

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधानसेनापति भ्रमणमा निस्किएका हुन् ।


टोलीमा सरकारका रक्षासचिव सहित ७ सदस्य छन् । प्रधानसेनापति शर्मालाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।    भ्रमणदलले १० असारसम्म लेबनानको युनिफिल र सिरियाको अनडोफ मिसनको भ्रमण, मिसनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनेछ । 


त्यसक्रममा प्रधानसेनापति शर्माले मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कायक्रम छ । उक्त भ्रमणपछि शर्मा नेतृत्वको टोली १३ असारदेखि १७ सम्म अमेरिका भ्रमणमा जानेछ ।


शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् । १९ असारमा शर्मा स्वदेश फर्कने कार्यक्रम छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद