Media Network

प्रधानसेनापति शर्माले गरे लेबनान मिसनको मुख्यालय भ्रमण


खबरस्टोरी संवाददाता

६ असार २०७९,सोमबार

काठमाडौ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार शान्ति सेना मिसन यूएनआईएफएल मिसन लेबनानअन्तर्गतको सेक्टर इस्ट हेडक्वार्टर भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले  त्यहाँका ब्रिगेडियर जनरल इग्नासिओ ओलाजाबा एलोर्जसँग पनि भेटवार्ता गरेका छन् । भेटको क्रममा उनले त्यहाँको मिसनको विविध पक्षको बारेमा जानकारी लिएका थिए ।

भ्रमणको क्रममा शर्माले त्यहाँस्थित एक टुकडीले सम्मान अर्पण गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद