पूर्वडीआइजी कार्कीले इजलासमै देखाए मास्र्टर डिग्रीको सर्टिफिकेट


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
पूर्वडीआइजी कार्कीले इजलासमै देखाए मास्र्टर डिग्रीको सर्टिफिकेट
काठमाडौ  । पूर्वडीआइजी ईश्वरबाबु कार्कीले आफु स्नातकोत्तर तह विशिस्ट श्रेणिमा उत्तिर्ण गरेको भन्दै इजलास सामु शैक्षिक प्रमाण पत्र देखाएका छन्।

सोमबार जारी बहसको अन्तिम समयमा कार्कीले आफूले विशिस्ट श्रेणि बाफत पाउनुपर्ने अंकसमेत नपाएको भन्दै न्यायधिष सामु बेदना पोखे ।रिट निवेदक कार्कीले इजलासमा भने, ‘ म विरुद्ध कसरी बैमानी गरिएको छ भन्ने प्रमाण हो श्रीमान्। मैले यस बापत पाउनु पर्ने अंक पाइन।’प्रमाणले देखिने कुरामा त यस्तो अन्याय हुन्छ भने अप्रत्यक्ष नदेखिने कुराहरुमा कति अन्याय भयो होला श्रीमानसामु निवेदन गर्दछु ।

आफूभन्दा जुनियरलाई एआईजी बनाएको भन्दै कार्कीसहित घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

सोमबार अन्तिम सुनुवाइमा ईश्ररबावु र घनश्याम इजलासमै उपस्थित भएका थिए । आईजीपीको रिटसँगै राखिएकाले फैसला हुन बाँकी छ। उनीहरु तीनै जना अवकास भइसकेका छन्।