Media Network

पासवान हत्याका आरोपित २ जना पक्राउ


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौं । बाराको जितपुरसिमरा २० निवासी दीपक पासवानको हत्या आरोपित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई बारा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

स्थानीय राजबंशी पासवानका २५ वर्षीय छोरा दीपक पासवानको हत्या गरी पुरेको अवस्थामा जेठ ६ गते शब फेला परेको थियो । सोही हत्या आरोपमा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा टोल बस्ने शेख मीर हसनका छोरा वर्ष २० का शेख नवि आलम र सोही  ठाउँ बस्ने शेख जैनुलका छोरा वर्ष २१ का शेख सलिम पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरुले दीपक पासवानको घाटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा) ले  घाँटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पासवानको शब पनि उपमहानगरपालिकाको वडा नम्बर २० बसडिलवा गोठ टोलदेखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा प्रहरीले फेला परेको थियो ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान थालेको बारा प्रहरीले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद