पश्चिम रुकुममा माओवादी र काँग्रेस कार्यकर्ताबीच झडप, १२ जना घाइते


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
पश्चिम रुकुममा माओवादी र काँग्रेस कार्यकर्ताबीच झडप, १२ जना घाइते
काठमाडौँ । पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकास्थित नुवाकोटमा माओवादी र काँग्रेस कार्यकताहरुबीच झडप भएको छ ।  माओवादी र काँग्रेस कार्यकर्ताहरूबीच चुनावी अभियानका क्रममा बिहीबार झडप भएको हो ।

झडपका क्रममा नुवाकोट चौकीमा सामान्य ढुंगामुढा भएको पश्चिम रुकुमका प्रहरी प्रवक्ता एसएसपी  विष्णुकुमार केसीले जानकारी दिए ।  झडपका क्रममा १२ जना घाइते भएको समेत केसीले बताए ।