Media Network

प्युठानका पोख्रेल ‘जो जनार्दन बने , मेडिकल कलेज र कम्पनीको मालिक बनेर करोडौँ ठगे ’


खबरस्टोरी संवाददाता

२५ माघ २०७८,मंगलवार

कपिलवस्तु । कहिले माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ९प्रभाकर० भन्दै र कहिले मेडिकल तथा साइन्स कलेज खोल्ने बहानामा करोडौं उठाएर फरार रहेका पेसेवार ठगलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न बहाना बनाई ठगी गरेको आरोपमा प्युठान जिल्ला तोरवाङ गाउँपालिका(६ घर भई हाल झिमरुक गाउँपालिका बस्ने ईश्वरीप्रसाद पोख्रेललाई सोमबार राति पक्राउ गरेको हो । 

बागमती प्रदेश ०१(०२६ च ४००१ नम्बरको कार चेक जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दान बहादुर कार्की बताए । उनी सोमबार राति ८ बजेको प्रहरी चेकिङमा समातिएका थिए । पक्राउ परेका पोख्रेल पेसेवार ठग भएको प्रहरीले दाबी गरेको छ । उनले २०६९ सालमा माओवादी नेता जनार्दन शर्मा  प्रभाकर  बनेर साइन रेसुङ्गा बैङ्क केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई समेत ठगेका थिए । प्रहरीका अनुसार उनले पन्थलाई ७ लाख रुपैयाँ ठगी गरेका थिए । 

प्रहरीका अनुसार २०६४र०६५ सालमा पौडेलले दाङ राप्ती गाउँ पालिका २ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने नाममा १ करोड बढी रकम उठाएर फरार भएका थिए । यसै गरी कैलालीको धनगढीमा समेत मेडिकल कलेज खोल्ने नाममा स्थानीय व्यवसायी र सर्वसाधारणसँग लाखौं रकम उठाएर फरार भएको जनाइएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद