रेखा थापालाई युट्युबमार्फत गालीगलौज गरेको भन्दै उनकी दिदी तारा थापाले प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी गरेकी थिइन्। सोही उजुरीका आधारमा काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई पक्राउ गरेर सोधपुछ गरिरहेको साइबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले बताए।
कलाकार पल शाहले एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेपछि नाबालिगको पक्षमा थापाले बोलेकी थिइन्। नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत व्यक्त गरेकी थिइन्।
रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए। त्यसै क्रममा वाइबाले छवि ओझासँगको सम्बन्ध उद्धृत गर्दै रेखालाई ‘चरित्रहिन महिला’ भनेपछि रेखाले प्रहरीसमक्ष उजुरी दिएकी थिहीन् ।