आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको छ ।
मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताए ।