Media Network

रुपन्देहीमा युवतीको 'रहस्यमय' मृत्यु


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ । रुपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीचौककी २५ वर्षीय सुविना गिरीको शव झुन्डिएको अवस्थामा फेला परेको परिवारले बताएको छ ।

उनको श्रीमान् सन्जु गिरीले आफूहरुले सञ्चालन गर्दै गरेको होटलमा राति करिब १ बजे झुन्डिएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दाबी गरेका छन् । सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणिग्राममा ल्याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।

सुविना झुन्डिएको र मृत्यु भएकोबारे वरपर छिमेकीले समेत थाहा नपाएको बताएका छन् । आफन्तले आफैंले कुटपिट गरेर झुन्डाएको बहाना गरेको आरोप लगाएका छन् । मृतककी फुपु क्षमा गिरीले शरीरभरि नीलडाम भएकाले श्रीमान्ले  मरेर झन्डाएको दाबी गरेकी छन् । आफन्तले घटनाको सत्यतथ्य माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

क्रिमसनमा राखेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका छन् । अनुसन्धानपछि मृत्युको कारण खुल्ने घटना अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद