Media Network

राष्ट्र बैंकले रोकेको पृथ्वीबहादुरको ४० करोड रकम फुकुवा गर्न सर्वोच्चद्धारा अस्वीकार


खबरस्टोरी संवाददाता

६ बैशाख २०७९,मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले रोक्का गरेको पृथ्वीबहादुर शाहको बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । 

राष्ट्र बैंकले उनको बैंक खाता सञ्चालनमा लगाएको रोकविरुद्ध शाहले दिएको निवेदनमा सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले रकम फुकुवाका लागि अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको हो ।। अछामका पृथ्वीबहादुर शाहको झण्डै ४० करोड रुपैयाँ रकम फुकुवामा अदालतले अन्तरिम आदेशमा अस्वीकार गरेको हो ।

वर्ल्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिका सञ्चालक पृथ्वीबहादुर शाहले अमेरिकाबाट आएको रकम राष्ट्र बैंकको निर्देशनमा रोक्का राखिएको र सो रकम फुकुवा गर्नुपर्ने भन्दै सर्वोच्चमा १२ साउन ०७८ मा सो रिट दायर गरेका थिए । सो रिटमा पहिलो पटक सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेशसँगै दुवै पक्षलाई अन्तरिम आदेशका लागि झिकाउने आदेश दिएको थियो ।

त्यसपछि पाँच पटक हेर्न नभ्याइनेमा रहेको यस रिट सोमबार भने न्यायाधीशद्वय श्रेष्ठ र चुडालको संयुक्त इजलासबाट सोमबार सुनुवाइ भएको हो । 

सोही रकम रोक्का रहेपछि अहिले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन्,भने गर्भनर अधिकारीले पनि निलम्बन खारेजीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका छन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद