Media Network

राष्ट्रपतिबाट विभूषित मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउ


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

ताप्लेजुङ । जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरू महत सेवाग्राहिसँग घुस लिएको आरोपमा अख्तियारद्वारा रंगेहात पक्राउ परेकी छिन् ।

प्रबल जनसेवाश्री चतुर्थद्वारा गत १ वैशाखमा विभूषित महत सम्मान पाएको ११ दिनमै घुससहित रंगेहात पक्राउ परेकी हुन् ।आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले जिल्ला सदरमुकाम फुङलिङबाट उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ की एक सेवाग्राहीको अंशियारबीच भागबन्डा भइसकेको जग्गा दाखिला खारेज गरी दर्ता गर्ने कामका लागि मालपोत अधिकृत महतले घुस मागेकी थिइन् । पीडितले आयोगको केन्द्रीय कार्यालयमा उजुरी गरी घुससहित पक्राउ गराएकी हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद