Media Network

सिभिल ग्रुपका अध्यक्ष तामाङ पक्राउ प्रकरण : ६० करोड बढीको अवैध सम्पत्ति भेटियो


खबरस्टोरी संवाददाता

१९ आश्विन २०७८,मंगलवार

 

काठमाडौ/ करोडौ रकम ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित सञ्चालकहरु पक्राउ परेका छन । प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संविधानसभाका पूर्व सदस्य तामाङसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
७० जना निक्षेपकर्ताहरुले आफुहरुलाइ तामाङसहितको टिमले ४६ करोड बढीं रकम ठगी गरेको भन्ने उजुरीको आधारमा सिआइबीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा तामाङसहित सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् ।


सिभिल ग्रुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद