Media Network

सडकमा गुडिरहेको ग्याँस बोकेको बुलेटमा आगलागी


खबरस्टोरी संवाददाता

१४ जेष्ठ २०७९,शनिबार

काठमाडौँ। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्याँस बुलेटमा आज दिउँसो मुग्लिन सडकखण्डको १५ किलो भन्ने स्थानमा आगलागी भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

आगलागीबाट सम्भावित क्षति न्यूनीकरणको निम्ति नारायणगढ मुग्लिङ सडक खण्ड ३० मिनेट बन्द गरिएको थियो ।

आगलागीको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद