Media Network

साढे ३३ किलो सुन काण्ड रहस्यमय नै रह्यो,शाक्य हत्याका आरोपित बने सजायका भागीदार


खबरस्टोरी संवाददाता

२० आश्विन २०७८,बुधबार

काठमाडौ \ साढे ३३ किलो सुन तस्करी प्रकरण अन्ततः रहस्यमय  नै बनेको छ । सुन तस्करी पुष्टि नभएपछि मोरङ जिल्ला अदालतले ‘तस्करीको आरोप खेपेका सबैलाई सफाइ दिएको छ । चूडामणि उप्रेती ‘गोरे’ सहितका ८ जना भने सनम शाक्यको हत्यामा सजायको भागीदार बने ।

सोे प्रकरणमा प्रहरीका उच्च अधिकारीहरुसहित ७७ जनामाथि मोरङ जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

हालसम्मकेै  ठूलो तस्करी मानिएको काण्डमाा मोरङ जिल्ला अदालतले तस्करीको प्रमाण नपुगेको ठहर गर्दै सनम शाक्यको हत्यामा मात्र ८ जनालाई कैद सजाय हुने फैसला सुनाएका छन् ।

तस्करी गरेर ल्याएको सुन ‘गायव’ बनाएको आरोपमा चूडामणि उप्रेती ‘गोरे’को समूहले यातना दिएर मोरङमा सनम शाक्यको हत्या गरेको थियो । २०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा सनमको हत्या गरेको आरोपमा अदालतले ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय गरेको छ । जन्मकैदको सजाय पाउनेमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद