साढे तीन सय केजी गाँजा बरामद


खबरस्टोरी संवाददाता
९ जेष्ठ २०७९, सोमबार
साढे तीन सय केजी गाँजा बरामद
काठमाडौँ। थाहा नगरपालिका–३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।