Media Network

सुख्खा पहिरोमा पुरिएर २ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । 

मृत्यु हुनेहरुमा सुनसरी  धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेमबहादुर मगर रहेका छन् । 

चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद