संखुवासभा । संखुवासभामा विहीबार विहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मादी नगरपालिका–६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको हो । दमकतर्फ जाँदै गरेको बस बिहान करिब साढे सात बजेतिर संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सवेदीका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको ।
बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।