सल्यानमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
सल्यानमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु

 काठमाडौँ । सल्यानमा सडक खन्दै गरेको डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

रा १ क ७१९  नम्बरको  डोजर  सल्यान  जिल्लाको बागचौर नगरपालिका वठा नम्बर ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटो कटिङ गर्दै गरेको अवस्थामा शनिबार राति दुर्घटना हुँदा चालक दाङ बबई गाउँपालिका हापुरे ४ घर भएका ३३ वर्षीय देवराज खत्री र सहचालक छत्रेश्वरी गाउँपालिका १ दमाचौरका अन्दाजी १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

चालक  खत्रीको दुर्घटना स्थलमै मृत्यु भएको हो भने दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक  विकको सल्यान अस्पताल  जिल्ला सल्यानमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

 बागचौर नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३० का धन बहादुर वली दुर्घटनामा परि घाइते भएको अवस्था भने सामान्य भएको जनाइएको छ। घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।