रुपन्देहीको कन्चन गाउँपालिका रुद्रपुरका ६ जना युवालाई मंगलबार साँझ कपिलवस्तुको बाणगंगाबाट प्रहरीले प्रक्राउ गरेको हो ।१४ वर्षीया किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन ४ रुद्रपुरमा सामुहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का निरज कार्की, वडा नम्बर ४ का राहुल सिंन्जाली, सोही ठाउँका सुलभ केसी, कन्चन गाउँपालिका वडा नम्बर ३ का लक्ष्मण रसाईली, अमित कंडेल र सौरव थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।आरोपित सबैजना १९ वर्षका यूवा रहेको प्रहरीले जनाएको छ ।