त्यसमाथि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकका कारण बन्द प्रशिक्षण छाड्न बाध्य भएको जनाएपछि फुटबल खेलाडीहरूमाथि निरन्तर दुर्व्यवहार हुने गरेको छ ।
उदाहरणका लागि नेपाली फुटबल टिमका मिडफिल्डर रोहित चन्द ठकुरीले अप्रिल १६ मा फेसबुकमा केवल फोटो पोस्ट गर्दा उनलाई अशोभनीय भाषामा 'कमेन्ट' गरिएका थिए ।
त्यसैगरी फरवार्ड अन्जन विष्टले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्बिर, भिडियो वा 'स्टेटस'मा नकारात्मक तथा दुर्व्यवहार गर्ने खालका प्रतिक्रिया आउने गरेका छन् ।
अन्जन विष्टले जुन २ तारिखमा पुरानो पोष्टलाई पुनः राख्दा त्यसमाथि अभद्र कमेन्ट गरिएको थियो । मे १७ तारिखमा राखिएको एउटा भिडियोमा समेत नकारात्मक कमेन्ट गरिएको छ । ।
अर्का मिडफिल्डर सुजल श्रेष्ठले जुन २ तारिखमा राखेको एक फोटोमा उनलाई देश द्रोहीको आरोप समेत लगाइएको छ । यी त केही उदाहरणमात्र हुन । प्राय:जसो खेलाडीहरूले समाजिक सञ्जालमार्फत दुर्व्यवहारमा पर्ने गरेका छन् ।
सामाजिक सञ्जालबाट हुने दुर्व्यवहारले खेलाडीलाई असर गर्छ ? भन्ने जस्ता प्रश्न पनि खडा भइरहेका छन्।
सामाजिक सञ्जालमा गरिने दुर्व्यवहारले भने खेलाडीहरूमाथि नकारात्मक असर पर्ने गरेको छ । जसका कारण उनीहरूले आफ्ना पोष्टमाथि गरिएका टिप्पणीहरू हेर्न खोज्दैनन् ।
फरवार्ड अन्जन विष्टले समर्थकहरूको नकारात्मक टिप्पणीले नरमाइलो लाग्ने गरेको बताए । उनले देशका लागि राम्रो गर्दा ताली बजाउने समर्थकले गर्दै नगरेको गल्तीमा नकारात्मक टिप्पणी गर्दा नराम्रो लाग्ने बताए ।
‘सकेसम्म कमेन्ट नहेर्ने र आफूलाई 'डिमोटिभेटेड' नबाउने,’ खेलाडीहरु भन्छन्।