पक्राउ पर्नेमा रौतहटको दुर्गा भवानीपुर गाउँपालिका वडा नम्बर ४ घर भइ प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत प्रहरी जवान कृष्ण कुमार यादव रहेका छन् । उनलाई जेठ ११ गते पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट बिहीबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोको भनाइ छ ।
त्यसैगरी विराटनगर महानगरपालिका वडा १७ घर भई जिल्ला सुनसरीको धरानमा बस्दै आएका ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीमलाई पनि प्रहरीले फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरङ्ग तस्बिरहरु आफन्त र साथी भाइलाई पठाई चरित्र हत्या गरेको आरोपमा पक्राउ गरेको छ । उनीमाथि पनि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।