Media Network

सेन्चुरी बैंकमा चोरी गर्ने बालकसहित २ जना पक्राउ


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं । नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ७ चोरमारास्थित सेन्चुरी कमर्सियल बैंक चोरीमा संलग्न बालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मध्यबिन्दु नगरपालिका ४ मदनपुर बस्ने ५१ वर्षीय मीनबहादुर महतो र सोही ठाउँका एक १४ वर्षीय बालक छन् । सोही बैंकमा सुरक्षार्थ खटिएका महतोले बालकलाई प्रयोग गरी चोरी गरेको खुल्न आएको नवलपरासीपूर्वका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए । 

प्रहरीले उनीहरुको साथबाट लाठी, टिसर्ट, ड्रिल गर्ने मेशिन, टी आकारको छडसमेत बरामद गरेको थियो । पक्राउ परेका उनीहरुलाई जेठ १७ गते जिल्ला अदालत कावासोतीबाट म्याद अनुमति लिइ अनुसन्धान कार्य जारी राखेको डीएसपी पाठकले बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद