Media Network

सैनिक प्रवक्तामा सहायक रथी सिलवाल


खबरस्टोरी संवाददाता

२९ पुष २०७८,बिहीबार

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवालले जिम्मेवारी पाएका छन् ।सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषद्को १ पुसको निर्णय अनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा नियुक्ती भएका सहायक रथी नारायण सिलवाललाई बिहीबारदेखि औपचारिक जिम्मेबारी दिएको हो । 

सेनाको सो निर्देशनालयका निर्देशक सैनिक प्रवक्ता रहने व्यवस्था छ । प्रवक्ताको जिम्मेबारी सम्हालेका सिलवाल १ नम्बर बाहिनी बालाजुमा बाहिनीपति थिए । 

 यसअघिका सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालको १६ महिनापछि सरुवा भएको छ । पौड्याललाई शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ । उनी १ साउन २०७७ बाट प्रवक्ताको जिम्मेबारीमा थिए । 


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद