‘युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिका (मिनुस्का)’ मा तैनाथ श्री रणशेर गण ‘हाइ रेडिनेस प्रोटेक्सन बटालियन (एचआरपीबी)’ तेश्रो डफ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) छैठौं डफ्फालाई बदली गर्नको लागि श्री जबरजंग गण (शान्ति सेना) चौथोँ ड्फ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फा त्यसतर्फ प्रस्थान गरेको हो।संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न यूएन मिसनहरुमा सहभागी भइ द्वन्द्वग्रस्त मुलुकहरुमा विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ।