मृत्यु हुनेमा ४३ बर्षीय रामधुनी–८ का धुव्र कुमार चौधरी रहेका छन् । को १७ प ३२४५ नम्बरको मोटरसाइकलमा पौने ८ बजे सवार चौधरी हिजो बेलुकी हसनपुर नहरको पुलबाट खसेका थिए ।
ईलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट झुम्काबाट खटिएको टोलीले घटनाबारे जानकारी प्राप्त हुन साथ चौधरीको शव गएराती साढे ९ बजे नहरबाट निकालेको थिए । शवलाई पोष्टमार्टको लागी धरानको घोपा स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीको भनाई छ ।