Media Network

सेन्ट लरेन्स प्रकरण : छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा दुई शिक्षक जेल चलान


खबरस्टोरी संवाददाता

७ असार २०७९,मंगलवार

काठमाडौं। छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका दुई जना शिक्षक जेल चलान भएका छन्।

बुधबार जिल्ला अदालत काठमाडौंले कलेजका कोर्ष को–अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारी र शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेललाई पुर्पक्षका लागि जेल चलानका आदेश गरेको हो।

उनीहरूले कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका थिए। पीडित नाबालिकाहरूका अभिभावकले समेत यस विषयमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए।जाहेरी पश्चात अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता भएको हो। सोही मुद्दाको सुनुवाइ गर्दै उनीहरु दुवै जनालाई अदालतले पुर्पक्षका लागि पठाएको हो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद