सेन्ट लरेन्सका शिक्षकविरुद्ध तीन विद्यार्थीको जाहेरी, प्रहरीद्धारा अनुसन्धान शुरु


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
सेन्ट लरेन्सका शिक्षकविरुद्ध तीन विद्यार्थीको जाहेरी, प्रहरीद्धारा अनुसन्धान शुरु
काठमाडौँ । सेन्ट लरेन्स कलेजका २ जना शिक्षक विरुद्ध तीन जना विद्यार्थीले प्रहरीमा जाहेरी दर्ता गराएका छन्।काठमाडौँ चाबहिलको सेन्ट लरेन्स कलेजका जनार्दन अधिकारी र राजनकुमार पौडेल विरुद्ध यौन दुराचारको आरोपमा जाहेरी परेको हो।

उनीहरूले बोलेर र छोएर यौन दुराचार गरेको, फेसबुक मेसेन्जरमार्फत यौन सम्बन्धको प्रस्ताव राखेको भन्दै कलेजका तीन विद्यार्थीले प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता गराएपछि प्रहरीले दुवै जनालाई हिरासतमा राखेको छ। मंगलबार सो विषयमा कलेजभित्रै आन्दोलन सुरु भएपछि प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको थियो।

विद्यार्थीहरूले कारबाहीको माग गर्दै प्रहरी वृत्त गौशालाबाहिर विरोध प्रदर्शन गरेका थिए ।