उनीहरूले बोलेर र छोएर यौन दुराचार गरेको, फेसबुक मेसेन्जरमार्फत यौन सम्बन्धको प्रस्ताव राखेको भन्दै कलेजका तीन विद्यार्थीले प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता गराएपछि प्रहरीले दुवै जनालाई हिरासतमा राखेको छ। मंगलबार सो विषयमा कलेजभित्रै आन्दोलन सुरु भएपछि प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको थियो।
विद्यार्थीहरूले कारबाहीको माग गर्दै प्रहरी वृत्त गौशालाबाहिर विरोध प्रदर्शन गरेका थिए ।