Media Network

सौन्दर्य प्रतियागिताको नाममा बलत्कार गरेको आरोपमा पाण्डे पक्राउ


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाण्डौँ । सन् २०१४ मा काठमाण्डौँमा आयोजित सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक प्रतियोगीलाई  बलत्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार उपत्यकाको अपराध अनुसन्धान शाखाले पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक किशोरीले बुधवार आफ्नो टिकटक मार्फत २० वटा भिडियोसार्वजनिक गरी मोडल ग्लोबल भिसाज कन्सलटेन्सीका सञ्चालक समेत रहेका मनोज पाण्डेले आफुमाथि ब्ल्यामेल गरेर ६ महिना सम्म बलत्कार गरेको आरोप लगाएकी छन् । 

पिडित युवतिले त्यति बेला आफु १६ वर्षको मात्र भएको बताएकी छन् । आफुलाई प्रतियोगिता पछि सक्सेस पार्टी भन्दै होटलमा बोलाएर लागुपदार्थ सेवन गराई पटक पटक यौन दुव्र्यवहार गरेको कारण आफ्ना सपनाहरु टुटेका मात्रै छैनन्, आत्मबल र सामाजिक सम्बनधहरु भत्कीनुको साथै आफुले औषधिको साहरा लिएको समेत बताएकी छन् । 

यो घटना सार्वजनिक भए संगै अहिले सडक, सदन र चोक चोकमा न्यायको माग भैरहेको छ । बलत्कार सम्बन्धि मुद्धाको विषयमा हदम्याद हुने कानुनि प्रावधान रहेको भन्ने विषयमा सांसदहरु र सडकमा युवाहरुले यसलाई परिवर्तन गर्नुपने माग गरिरहेका छन् ।

शुक्रकार गृहमन्त्रालयको निर्देशनमा घटनाको छानबीन गर्नको लागि प्रहरी वरिष्ठ उपनिरिक्षक बसन्त कुबरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिती गठन गरेको गरको थियो । यो घटनाको विषयमा थप अनुसन्धान गर्नको लागि पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद