Media Network

सेनाद्वारा निर्माणाधिन फास्ट ट्रयाक’का लागि सरकारले बजेट दिएन, समयमा सम्पन्न नहुने निश्चित


खबरस्टोरी संवाददाता

२९ पुष २०७८,बिहीबार

काठमाडौ । नेपाली सेनाद्वारा निर्माणाधिन काठमाडौं—तराई÷मधेश द्रुतमार्गका लागि चालू आर्थिक वर्ष भित्र सरकारले थप बजेट नदिने भएको छ ।चालू आर्थिक वर्षका लागि थप ९ अर्व बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सो आयोजनाले गरेको प्रस्तावलाई रकमान्तर गरेर थप बजेटको व्यवस्था गर्न नसकिने बताएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव अर्जुन थापाले संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै रकमान्तर गरेर यो आयोजनाका लागि थप बजेटको व्यवस्था गर्न सकिने अवस्था नरहेको बताएका छन् । रकमान्तरका लागी हाल बजेटको अभाव छ । १४० अर्व बजेटका २५ अर्व बजेटको त स्रोतको सुनिश्चत नै छन । मन्त्रालयसँग बजेटका धेरै अभाव छ’ उनले भने । कार्यक्रममा बोल्दै रक्षा मन्त्रालयका निमित्त सचिव डा. बाबुराम अधिकारीले नेपाली सेनालाई बजेटको अभाव भए सो आयोजना समयमै सम्पन्न गर्न नसकिने अवस्था आउनेतर्फ सचेत गराएका थिए ।


आर्थिक वर्ष २०८०÷८१ भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको सो आयोजनाको लागत करिब १ खर्व ७५ अर्व रहेको छ । भने हालसम्म २५÷२६ अर्व बजेट खर्च भइसकेको बताईएको छ ।


 


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद