सिन्धुलीमा १ लाख बढी रुपैयाँसहित जुवाडे पक्राउ


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
सिन्धुलीमा १ लाख बढी रुपैयाँसहित जुवाडे पक्राउ
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारस्थित सुवर्ण होटल एन्ड लजमा जुवातास खेलिरहेको अवस्थामा एक लाख ८८ हजार रुपैयाँसहित सातजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त होटलका सञ्चालक घ्याङ्लेख गाउँपालिका–४ का ५६ वर्षीय चतुर्मान सहित अन्य सात जना रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी नगद १ लाख ८८ हजार ५ सय रुपैयाँ र २२ बुक तास बरामद गरेको छ ।