Media Network

स्पा र गेष्टहाउसमा बालिकाको यौन शोषण, पाँच सञ्चालक पक्राउ


खबरस्टोरी संवाददाता

४ पुष २०८२,शुक्रबार

काठमाडौं । काठमाडौँ उपत्यकाभित्र सञ्चालित विभिन्न स्पा, होटल तथा मनोरञ्जन स्थलहरूमा नाबालिग बालिकालाई यौनजन्य कार्यमा प्रयोग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले छापा मारी आठ जना बालिकाको उद्धार गर्नुका साथै यस कार्यमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठका ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौलीकी ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाखका ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङका ४२ वर्षीय हरिभक्त गिरी र कैलालीका ४९ वर्षीय भीमबहादुर साउद रहेका छन् ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसारा अनुसार पक्राउ परेकाहरूले आर्थिक लाभ लिने उद्देश्यले नाबालिगहरूलाई जबर्जस्ती वेश्यावृत्ति र यौन शोषणमा लगाएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले ठमेलस्थित गोल्डेन स्पा, चावहिलको फायर लाउन्ज एण्ड क्लब, बौद्धको लक्की स्पा तथा मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट ती बालिकाहरूको उद्धार गरेको हो ।

काठमाडौँका डान्सबार, क्लव र गेष्टहाउसमा नाबालिगलाई प्रलोभनमा पारी यौन शोषणका लागि प्रयोग गरिँदै आएको सूचना प्राप्त भएपछि ब्यूरोले विशेष अपरेसन चलाएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका व्यक्तिहरूमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन बमोजिम कानुनी कारबाही अघि बढाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद