Media Network

सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा आज भएको बस दुर्घटनामा एक महिलाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन् ।  अन्दाजी ५५ वर्षीया मृतक महिलाको सनाखत हुन बाँकी छ ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि सप्तरीकै भारदह अस्पतालमा पठाइएको छ । अरू घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

आज बिहान करिब पौने ११ बजे विराटनगरबाट कटारीतर्फ जाँदै गरेको ना५ख १८९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद