Media Network

सिराहाका एसपी फेरिए, नयाँ एसपीमा अर्जुन तिमिल्सिनाको इन्ट्री


खबरस्टोरी संवाददाता

१९ पुष २०७८,सोमबार

काठमाडौ । प्रहरी हेडक्वाटरले सिरहा प्रहरी प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । गत जेठमा सिरहाका प्रहरी प्रमुख भएका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई सो स्थानमा सरुवा गरिएको हो ।

  पछिल्लो समय सिरहा लगायत तराईका केही जिल्लामा सीके राउतको नेतृत्वको जनमत पार्टीले आन्दोलन तथा हडताल गरेपछि प्रहरी प्रमुख फेरिएको हो । जनमत पार्टीका अध्यक्ष राउत र एसपी पाण्डेबीच विवाद समेत भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद