सिरहामा २८ केजी गाँजासहित तीन जना पक्राउ


खबरस्टोरी संवाददाता
३ फाल्गुन २०७८, मंगलवार
सिरहामा २८ केजी गाँजासहित तीन जना पक्राउ

सिरहा।  सिरहाको गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी समेत ३ जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । 

ठकुरीले घरमा गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सोमबार घर तलासी गरेको थियो । 

तसासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर २–०१–००३ प. ५२ १७ नम्बर र स.५ प १०२० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।