Media Network

सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौँ।  सिरहाको गोलबजार नगरपालिका- ६ मा करेन्ट लागेर एक जना मजदुरको ज्यान गएको छ ।

गोलबजार नगरपालिका- ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न आइतबार बिहान बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिँदा करेन्ट लागेर गोलबजार नगरपालिका- १ का २६ वर्षीय गोपाल पूर्वेको मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा लागे पनि उनलाई स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद