Media Network

सिरहामा करेन्ट लागेर किसानको मृत्यु


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौँ। सिरहाको गोलबजारमा करेन्ट लागेर एकजना किसानको ज्यान गएको छ ।

धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डललको मृत्यु भएको हो ।

घर नजिकै खेतमा पानी पटाइरहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको पारिवारिक सदस्यले जानकारी दिए । 

प्रहरीले घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमको लागि शव प्रादेशकि अस्पताल लहान पठाइएको जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद