काठमाडौँ । सिरहा नगरपालिका–१३ फुलवरियामा पर्खाल लगाउने क्रममा विवाद हुँदा इँटा हानाहानबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको मृत्यु भएको छ ।
स्थानीय ४१ वर्षीया लक्ष्मी महरा र उनका भाइ ३२ वर्षीय ब्रह्म देव महरालाई कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताए ।
शनिवार पर्खाल लगाउने विषमा विवाद हुँदा इँटा प्रहार भएको थियो । इँटा हानाहनबाट गम्भीर घाइते भएका धनेश्वरको उपचारका लागी प्रादेशिक अस्पताल सिरहामा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी बुढाथोकीले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।