Media Network

सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

सुर्खेत।  सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका-५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका- ५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी विक सोही दिन हराएकी थिइन् ।  चार दिनदेखि हराएकी बालिकाको शव मंगलबार बिहान घरदेखि एक सय मिटरको दूरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले बताए । 

बालिकाको मृत्युको कारण नखुले पनि घटनामा संलग्न भएको आशंका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद