Media Network

स्रोत नखुलेको ६९ लाख रकमसहित एकजना पक्राउ


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले रु ६९ लाख ५० हजार नगदसहित हिरोसी खनाललाई गत राति पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा उक्त रकमसहित खनाललाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेका खनालसँग प्रहरीले रु १ हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला १ थान बरामद गरेको छ । 

पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाएको प्रहरीले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद