Media Network

स्रोत नखुलेको नगदसहित एक नेपाली र चार चिनियाँ पक्राउ


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको झण्डै चार करोड रुपैयासहित एक नेपाली र चार चिनिया नागरिक पक्राउ परेका छन् । 

नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद