Media Network

सर्वोच्चको फैसला उल्टियो, पूर्व डीआईजी कोइरालालाई जन्मकैद


खबरस्टोरी संवाददाता

१३ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाइदिने सर्वोच्चको यसअघिको फैसला उल्टिएको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले गरेको सजाय घटाइदिने फैसलाविरूद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो ।

श्रीमतीको हत्या गरेका कोइराला अदालतको यसअघिको फैसालापछि कैदमुक्त भइसकेका छन् । 

उक्त पुनरावलोकनको निवेदनमाथि सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीशहरू टंक मोक्तान, कुमार चुडालको संयुक्त इजलासले कैद सजाय घटाउने यसअघिको राय बदर गदिएपछि कोइरालाले अरु साढे ११ वर्ष जेल सजाय भुक्तान गर्नुपर्ने भएको छ । 

तत्कालिन पुनरावेदन अदालतले कोइरालालाई जन्मकैदका फैसला सुनाएको थियो । 

कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने भन्दै महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकन गरेको थियो ।

कोइरालाले साढे ८ वर्षअघि आफ्नी श्रीमती गीता ढकाललाई हत्या गरी प्लास्टिकमा पोको पारेर मकवानपुरको टिष्टुङ जंगलमा पु¥याई पेट्रोल छर्केर जलाएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद