काठमाडौँ। संसद भवन अगाडि बम राखेको अभियोगमा प्रहरीले एक विप्लव कार्यकर्तालाइ पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध काभ्रेका सुवास महत रहेका छन् ।
महाशाखाको टोलीले उनलाई बुधबार राजधानीबाट पक्राउ गरेको हो । एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवनअगाडि ‘नो एमसीसी’ बम राखिएको थियो ।