जिल्लाको खत्याड गाउपालिका वडा नं ७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन । मंगलवार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक जुन बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।