सशस्त्रको आईजीपीमा पुष्पराम केसी नियुक्त


खबरस्टोरी संवाददाता
३० चैत्र २०७८, बुधबार
सशस्त्रको आईजीपीमा पुष्पराम केसी नियुक्त
काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसी नियुक्त भएका छन् । वरिष्ठतम् एआईजी केसीलाई बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।  

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आईजीपी पद खाली थियो । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए । सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

 केसीको कार्यकाल २१ दिनको  मात्र हुनेछ । ३० वर्षे सेवा अवधिका कारण आउदो वैशाख १९ गते केसीले अनिवार्य अवकाश पाउनेछन् ।