अर्यालले सो अस्पताल निरीक्षण तथा अनुगमनको क्रममा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुसँग अन्तर्क्रिरया गर्नुका साथै सो अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य उपचार सेवा, थप गर्नुपर्ने आवश्यक संरचना तथा स्रोत साधन र व्यवस्थापकीय लगायतका विविध पक्षबारे जानकारी लिएका थिए ।
त्यसअवसरमा उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीलाई सो अस्पतालबाट प्रवाह हुने उपचार सेवामा कुनै पनि कमिकमजोरी हुन नदिई संवेशनशील रहँदै उच्चस्तरीय सेवा प्रवाहमा क्रियाशील रहन निर्देशन दिए ।
महानिरीक्षक अर्यालले त्यसअवसरमा ओपीडी, प्याथोलोजी, आईसीयू, अपरेशन कक्ष, बाल रोग विभाग, बिरामी वार्ड, फिजियोथेरापी, फार्मेसी तथा मेश लगायतको निरीक्षण र अनुगमन गरी जनरल वार्ड, आईसीयू, एचडीयू र भेन्टिलेटरमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका थिए ।