काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गत भदौ ११ गते निकालेको विज्ञापनको नतिजा निकालेको हो । प्रकाशित नतिजा अनुसार आरक्षण कोटासहित ४९ जना उत्तीर्ण भएका छन् ।
उत्तीर्ण भएका सबैलाई चैत २५गते शुक्रबार सशस्त्र प्रहरीको प्रधान कार्यालयमा भद्र पोशाकमा उपस्थित हुन भनिएको छ ।
उत्तीर्ण हुनेको सूची हेर्नुहोस् ः