आइतबार १० जनाले दायर गरेको सो रिटमाथि आज (सोमबार) सुनुवाइ हुने भएको छ। सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षामा उत्तीर्ण भए पनि गुणात्मक परीक्षामा फालिएको भन्दै उनीहरुले रिट दायर गरेका हुन्। प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी तोकिएको छ।
२०७८ भदौ ११ गते सशस्त्र प्रहरीमा ७५ जना निरीक्षकको लागि विज्ञापन गरिएको थियो। छनौट प्रक्रियाको पाँचौं चरणको लिखित परीक्षासम्म पुग्दा ६५ जना उम्मेदवार मात्रै उत्तिर्ण भएका थिए। त्यसपछि भएको गुणात्मक परीक्षामा १६ जनालाई अनुत्तीर्ण गराइएको उनीहरुको रिटमा उल्लेख छ।
निवेदनमा परीक्षा गैरकानुनी भएकाले नतिजा बदर गरी सशस्त्र प्रहरी ऐन २०५८ को दफा ११ बमोजिम योग्य परीक्षकबाट सञ्चालन गर्न परमादेश जारी गर्न माग गरिएको छ।